आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राजावादी आन्दोलनमा १५ सुरक्षाकर्मी घाइते


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०८:१४
    राजावादी आन्दोलनमा १५ सुरक्षाकर्मी घाइते

    काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

    गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ । यो संख्या थप बढ्न सक्ने उनले बताए ।

    आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनलेलाई कानूनी कारबाही हुने बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस