काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।
प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे । हुलाक प्रेसको प्रश्नमा मिश्रले दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिएको बताए ।
‘अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ मिश्रले भने ।