आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवीन्द्र र धवलशमशेरविरुद्ध मुद्दा चलाउँदै प्रहरी


    हुलाक प्रेस

    • शनिबार, चैत १६ २०८१०८:२९
    रवीन्द्र र धवलशमशेरविरुद्ध मुद्दा चलाउँदै प्रहरी

    काठमाडौं । राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबराविरद्ध मुद्दा चलाइने भएको छ । काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका मिश्र र जबराविरुद्ध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । 

    प्रहरी उच्च स्रोतका अनुसार यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ । राजावादी आन्दोदनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् । उनलाई पक्राउ गर्न र जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । 

    आज प्रदर्शनमा उत्रिए सुरुमै दमन गर्ने प्रहरी रणनीति छ । राजवादीको प्रदर्शन शुक्रबार हिंसात्मक हुँदा दुईजनाको मृत्यु भएको थियो । 

    ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । ठूलो परिमाणमा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको थियो । 
     


    प्रतिक्रिया दिनुहोस