बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नियमित सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, क्षतिको विवरण संकलन गरिँदै


    हुलाक प्रेस

    • शनिबार, चैत १६ २०८१०८:४८
    नियमित सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, क्षतिको विवरण संकलन गरिँदै

    काठमाडौैं । हिजो राजावादी समूहले निकालेको जुलुसका क्रममा तोडफोड गरिएको कोटेश्वरस्थित भाटभटेनी नियमित सञ्चालनमा आएको छ ।

    सीओओ पानु पौडेलले दिएको जानकारीअनुसार रातभर सरसफाइ गरी बिहानदेखि सञ्चालनमा आएको हो ।

    “हामीले राति १२ बजेसम्म सरसफाइ गर्‍यौँ, फुटेका सिसा सफा गर्‍यौँ,” उनले भने, “आज बिहानैदेखि सञ्चालनमा आएको छ । ग्राहकलाई असर नपुगोस् भनेर ध्यान दिएर सरसफाइ गरिएको हो ।”

    राजवादी समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको छ । साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्‍याएको छ ।

    क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको पौडेलले जानकारी  दिए ।


    प्रतिक्रिया दिनुहोस