आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तीनकुने घटनाको बारद्वारा भत्सर्ना


    हुलाक प्रेस

    • शनिबार, चैत १६ २०८१०९:४९
    तीनकुने घटनाको बारद्वारा भत्सर्ना

    काठमाडौँ । नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक क्षति हुनेगरि भएको घटनाको भत्सर्ना गरेको छ ।

    बारका महासचिवमा अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गरिएको हो ।

    बारले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले बताए । 

    साथै, बारले विज्ञप्तीमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आमनागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ ।


    प्रतिक्रिया दिनुहोस