आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिवि उपकुलपति बरालले दिए राजीनामा


    हुलाक प्रेस

    • शनिबार, चैत १६ २०८११०:५९
    त्रिवि उपकुलपति बरालले दिए राजीनामा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

    उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।

    उनी प्रोस्टेटका पीडित हुन् । राजीनामा सम्बन्धमा बुझ्न खोज्दा उपकुलपति बरालका दुइटै मोबाइल स्विच अफ छन् । उनी निकट स्रोतका अनुसार उनी राजीनामा पठाएर पोखरातर्फ लागेका छन् ।

    बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।


    प्रतिक्रिया दिनुहोस