आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • १५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत


    हुलाक प्रेस

    • आइतबार, चैत १७ २०८१०३:४३
    १५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत

    काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत गरेका छन् ।

    वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो । 

    अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले जानकारी गराए । जटिल समस्याका रुपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए ।


    प्रतिक्रिया दिनुहोस