आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग


    हुलाक प्रेस

    • आइतबार, चैत १७ २०८१०४:३२
    तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

    काठमाडौँ । नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन् ।

    रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे ।

    आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरे ।

    साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा दीक्षितले सरकारसँग आग्रह गरे । सरकार सबैको अविभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।


    प्रतिक्रिया दिनुहोस