आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • यी हुन् रवीन्द्र र धवलशमशेरसहित पक्राउ परेका ४१ जना


    हुलाक प्रेस

    • आइतबार, चैत १७ २०८१०९:१८
    यी हुन् रवीन्द्र र धवलशमशेरसहित पक्राउ परेका ४१ जना

    काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन् । पहिलोपटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीनवटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

    शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिइ नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा तोडफोड तथा आगजनी जस्ता अराजक क्रियाकलाप गरिएको प्रहरीको भनाइ छ । 

    प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्नका लागि प्रहरीमाथि ढुंगामुढा गरेको, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरूको सुरक्षार्थ सडकमा ड्युटीमा सुरक्षाकर्मीलाई समेत ढुंगा, लाठी, फलामका रड प्रहार गरेको, तोडफोड तथा आगजनी गरिएको थियो ।

    1.jpg
    2.jpg
    3a.jpg


    प्रतिक्रिया दिनुहोस