बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभा बैठक बस्दै, ओलीले सम्बोधन गर्लान् ?


    हुलाक प्रेस

    • सोमबार, चैत १८ २०८१०८:४३
    प्रतिनिधिसभा बैठक बस्दै, ओलीले सम्बोधन गर्लान् ?

    काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

    आइतबार विपक्षी दलहरूले अडान नछाडेपछि सोमबार (आज) बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको थियो । 

    आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

    तर, विपक्षीले अडान नछाडेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

    विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।

    तीन कुने घटनाका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । 


    प्रतिक्रिया दिनुहोस