आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • संक्रमणकालीन न्याय: सिफारिस समितिले थाल्यो काम


    हुलाक प्रेस

    • सोमबार, चैत १८ २०८१०८:५९
    संक्रमणकालीन न्याय: सिफारिस समितिले थाल्यो काम

    काठमाडौँ । संक्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ। 

    समितिले आइतबार पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा.लीली थापाले जानकारी दिइन्। 

    मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो।

    सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने थापाले बताइन्। 

    सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो।

    समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य छन्। त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा. लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ। रासस


    प्रतिक्रिया दिनुहोस