आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु


    हुलाक प्रेस

    • सोमबार, चैत १८ २०८१०७:४२
    सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

    हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोबर गाउँपालिका–३स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ ।

    काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

    इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाई हुन भने आचार्य मामाका छोरा हुन् ।

    उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् ।

     


    प्रतिक्रिया दिनुहोस