आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बनमा परे


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०९:१६
    नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बनमा परे

    काठमाडौँ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ ।

    अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।

    उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको,प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस