आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • महानगर प्रहरी प्रमुखलाई उपमेयरले पारिन् र्‍याखर्‍याखती


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०१:५३
    महानगर प्रहरी प्रमुखलाई उपमेयरले पारिन् र्‍याखर्‍याखती

    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्वागत गर्ने र नगर्ने पक्ष आमनेसामने भइरहेका छन्। 

    विवादकै बीच महानगर कार्यालय प्रवेश गरेका गुरागाईंलाई उपमेयर सुनिता ढंगोलसहित वडाअध्यक्ष र कर्मचारीले स्वागत गरे। तर, उनलाई सहजै कार्यकक्षमा प्रवेश दिइएन। उनलाई रोक्नलाई महानगरप्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार बिहानैदेखि महानगर प्रहरी खटाएका थिए। बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीलाई गुरागाईंलाई कार्यकक्षमा प्रवेश नदिन निर्देशन दिएका थिए। 

    महानर प्रहरीले गुरागाईंलाई छेकेपछि सीसाको ढोका फुटाएरै प्रवेश गराइएयो। त्यसअघि उपप्रमुख डंगोलको अध्यक्षतामा गुरागाईं, वडाअध्यक्षहरूसहितको बैठक बसेको थियो। बैठक बस्नुअघि महानगर प्रहरी प्रमुख पाण्डेलाई उपप्रमुख सुनिता डंगोलले झपारेकी थिइन्।


    प्रतिक्रिया दिनुहोस