आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • १०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०२:०४
    १०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।

    मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।

    बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिंदै कार्यकक्षसम्म पुर्‍याए । उनी १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।

    उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

    यस्तो अवस्थामा आफूहरूले तलब समेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।


    प्रतिक्रिया दिनुहोस