आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०४:१९
    बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

    प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको जिप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
    दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

    उनका अनुसार जिपमा चारजना सवार थिए । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा जिप दुर्घटनामा परेको उनले बताए । रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • # #death
  • # #baglungjeepaccident
  • प्रतिक्रिया दिनुहोस