आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जङ्गली हात्ती मृतावस्थामा फेला


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०४:३१
    जङ्गली हात्ती मृतावस्थामा फेला
    फाइल तस्वीर

    कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।

    सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले बताए ।
     
    बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले बताए । 

    हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ । दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो । 
    रासस


  • सम्बन्धित विषय:

  • # #elephantdeath
  • # #wildlife
  • # #wildanimal
  • # #elaphant
  • # #kanchanpur
  • प्रतिक्रिया दिनुहोस