काठमाडौं । ललितपुरको झम्सीखेलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर उदयपुरका ४५ वर्षीय अविनाश राई घाइते भएका छन् ।
उनको दाहिने खुट्टामा गोली लागेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार ललितपुर महानगरपालिका ३ ठाडो ढुंगामा लागुऔषध कारोबारी अविनाश राईलाइ प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको हो ।
प्रहरीले राईबाट कटुवा पेस्तोल, दुइटा गोली र लागुऔषध एम्फेटामाइन समेत बरामद गरेको छ ।
राईलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको एसपी रेग्मीले बताए ।