आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी


    हुलाक प्रेस

    • शुक्रबार, चैत २२ २०८१०७:०८
    माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

    सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

    बुधबारबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

    सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।

    यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना माग पूरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ । 


    प्रतिक्रिया दिनुहोस