आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकाेट केन्द्रविन्दु भएर दोस्रो ठूलो भुकम्प गयो


    हुलाक प्रेस

    • शुक्रबार, चैत २२ २०८११०:३२
    जाजरकाेट केन्द्रविन्दु भएर दोस्रो ठूलो भुकम्प गयो

    काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ । अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ।

    जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।

    दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। बेलुकाकाे २०:१० बजे जाजरकोट जिल्लाकाे कुशे गाउँपालिका पैँक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    क्षतिकाे विवरण बुझ्ने कार्य भइरहेकाे छ र कुशे, बारेकाेट, छेडाकाे माथिल्लाे भाग र जुनिचाँदे क्षेत्रमा क्षति गरेकाे हुन सक्ने प्रहरीले बताएको छ।

    भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।


    प्रतिक्रिया दिनुहोस