बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछाने थुनामा गएपछि जिल्ला अदालतमा तिरेको १ करोड धरौटी के हुन्छ ?


    हुलाक प्रेस

    • शुक्रबार, चैत २२ २०८११०:३८
    रवि लामिछाने थुनामा गएपछि जिल्ला अदालतमा तिरेको १ करोड धरौटी के हुन्छ ?

    काठमाडौँ । जिल्ला अदालत रूपन्देहीले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रूपैयाँ धरौटी लिएर बाहिरै बसी मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो। 

    गत माघ १३ गते जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले गरेको उक्त आदेशबमोजिम रविले तत्कालै १ करोड धरौटी जम्मा गरेका थिए। रूपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत, तुल्सीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको छ। 

    उनी थुनामा गएपछि जिल्ला अदालत रूपन्देहीमा बुझाएको १ करोड रूपैयाँ धरौटी के हुन्छ त?  नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भन्छन्, ‘कुनै पनि अभियुक्तलाई तल्लो अदालतले धरौटी लिएर रिहा गरेको छ र माथिल्लो अदालतले थुनामा पठायो भने धरौटी फिर्ता हुन्छ। म थुनामा रहेँ धरौटी फिर्ता पाऊँ भनी निवेदन दिएपछि जग्गा रहेछ भने रोक्का फुकुवा हुन्छ, नगद भए फिर्ता हुन्छ।’ 


    प्रतिक्रिया दिनुहोस