आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सङ्क्रमणकालीन न्याय : आयोगका पदाधिकारी छनोट प्रक्रियामा सुझाव दिन आग्रह


    हुलाक प्रेस

    • शनिबार, चैत २३ २०८१०७:४३
    सङ्क्रमणकालीन न्याय : आयोगका पदाधिकारी छनोट प्रक्रियामा सुझाव दिन आग्रह

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनोट प्रक्रियाबारे आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

    समितिको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा. लीली थापाले जानकारी दिईन् । 

    समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । मस्यौदामाथि चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस