बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बारको वार्षिक साधरणसभा बैशाख ६ गते


    हुलाक प्रेस

    • शनिबार, चैत २३ २०८१०८:००
    बारको वार्षिक साधरणसभा बैशाख ६ गते

    काठमाडौँ । नेपाल बार एसोसिएसनको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा २०८२ वैशाख ६ गते हुने भएको छ । काठमाडौँ बबरमहलस्थित कार्की बैंक्युटमा बारको वार्षिक साधारणसभा हुने बारकी महासचिव अञ्जिता खनालले जानकारी दिएकी छन् । 

    वार्षिक साधारण सभामा आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेस हुने, महासचिव र कोषाअध्यक्षको प्रतिवेदनमाथि छलफल हुने तथा आव २०८०/८१ को लेखापरीक्षक र पारिश्रमिक तोक्ने निर्णय हुने एसोसिएसनले जनाएको छ । 

    शुक्रबार नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । देशभरको मतपेटिका संकलन भएपछि सम्भवतः आइतबारदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

    साधारणसभाकै दिन २७औँ कार्यसमितिद्वारा पदभार ग्रहण तथा हस्तान्तरणको कार्यक्रम रहेको महासचिव खनालले जानकारी दिएकी छन् ।


    प्रतिक्रिया दिनुहोस