बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको टोली भारत प्रस्थान


    हुलाक प्रेस

    • आइतबार, चैत २४ २०८१०८:२०
    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको टोली भारत प्रस्थान

    काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको निमन्त्रणामा भारत प्रस्थान गरेका छन् । यही चैत २८ गतेसम्म हुने पाँचदिने मैत्रीपूर्ण भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    राउत नेतृत्वको टोली नेपाल वायुसेवा निगमको जहाजबाट नयाँदिल्ली प्रस्थान गरेका छन् । भ्रमण दलमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, उपरजिष्ट्रार नवीनकुमार यादव सहभागी छन् ।  

    भ्रमणका क्रममा भारतको सर्वोच्चलगायत विभिन्न अदालतहरूको भ्रमण हुने कार्यक्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


    प्रतिक्रिया दिनुहोस