बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तीनकुने प्रदर्शनबारे अनुसन्धान गर्न एनी कुँवर पक्राउ


    हुलाक प्रेस

    • सोमबार, चैत २५ २०८१०४:२४
    तीनकुने प्रदर्शनबारे अनुसन्धान गर्न एनी कुँवर पक्राउ
    काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । 
     
    यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
     
    उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”, 
    रासस


  • सम्बन्धित विषय:

  • # #nepalpolice
  • # #tinkuneghatana
  • # #anikunwar
  • # #arrestanikunwar
  • # #crimebranch
  • प्रतिक्रिया दिनुहोस