आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अन्नपूर्ण हिमालको हिउँपहिरोमा दुईजना बेपत्ता


    हुलाक प्रेस

    • सोमबार, चैत २५ २०८१०५:१९
    अन्नपूर्ण हिमालको हिउँपहिरोमा दुईजना बेपत्ता

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ‘ट्रेकिङ’  एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए । 

    आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए ।

    पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
    रासस


    प्रतिक्रिया दिनुहोस