आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, चैत २६ २०८१०६:०२
    अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ

    बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

    प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि निजलाई पक्राउ गरिएको हो ।
    रासस


  • सम्बन्धित विषय:

  • # #arrest
  • प्रतिक्रिया दिनुहोस