जल तथा मौसम पूर्वानुमान् महाशाखाले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आजको मौसम देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महासाखाले आज तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको बताउँदै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।