आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते


    हुलाक प्रेस

    • बिहीबार , चैत २८ २०८१०९:२९
    डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते

    डोटी । डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

    हुरी र असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सातजना घाइते भएका प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । 

    नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शंकर नागरी घाइते भएका हुन् । 

    सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए । रासस


    प्रतिक्रिया दिनुहोस