काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिहीबार प्रधानमन्त्री ओलीले उपकुलपतिको राजीनामा स्वीकृत गरेका हुन्।
स्वास्थ्यको कारण देखाउँदै उपकुलपति बरालले केही दिनअघि राजीनामा दिएका थिए । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) ले बराललाई २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त नियुक्त गरेका थिए ।