काठमाडौं । सुनसरीको धरानको जंगलमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।
मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताएका छन् ।
शवको पहिचानको उनको आफन्तले गरेको डीएसपी खतिवडाले बताए ।
गत सोमबार दाहालको शव धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।
वनभित्र लसुनेको रुखमुनि कम्मरमुनी कपडा खोलिएको अवस्थामा महिलाको शव गोठालोहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका क्रममा हाल कोरियामा रहेका छन् ।
।
घाँटी कसेर हत्या गरेको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको बताएका छन् ।
े