सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  • गाडीले च्यापेर एकजनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , चैत २८ २०८१०५:३४
    गाडीले च्यापेर एकजनाको मृत्यु

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । 

    सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए । 

    उनका अनुसार सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्थे । 


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस