काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबिच सिंहदरवारमा वार्ता सुरु भएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच वार्ता सुरु भएको हो ।
शिक्षा ऐन माग गर्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आएका छन् ।