काठमाडौं । काठमाडौँ गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।
दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’
चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।