आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्कामाथि अनुसन्धान गर्न १२ दिनको म्याद


    हुलाक प्रेस

    • शुक्रबार, चैत २९ २०८१०५:३५
    दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्कामाथि अनुसन्धान गर्न १२ दिनको म्याद

    काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले शुक्रबार (चैत २९) प्रसाईं र खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद दिएको त्यहाँका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

    प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं उक्त प्रदर्शनका ‘कमान्डर’ थिए ।

    प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । सोही दिन साँझदेखि प्रसाईं फरार थिए ।


    प्रतिक्रिया दिनुहोस