आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०९:५०
    कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

    धनगढी ।  कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा कान्द्रा नदीमा डुबेर १३ वर्षीय बालकको ज्यान गएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिसैयाका उपेन्द्र कडायत नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । खोजीपछि उनको शव नदीमै फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

    कडायतको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।


    प्रतिक्रिया दिनुहोस