आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • वीरगन्जमा तनावपछि लगाइयो कर्फ्यु


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०८:२७
    वीरगन्जमा तनावपछि लगाइयो कर्फ्यु

    काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार (चैत ३०) दिउँसो तनावपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ साढे ६ देखि आइतबार (चैत ३१) मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका छन् ।

    “मिति २०८१/१२/३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ / १२/३१ गते दिनको १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस