आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बबरमहल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०८:४६
    बबरमहल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

    काठमाडौं । काठमाडौंमा शनिबार (चैत ३०) मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

    काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    परिचय नखुलेका ती व्यक्तिको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार एक/एकजनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस


    प्रतिक्रिया दिनुहोस