आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालेनले हटाए 'माया' सम्बन्धी फेसबुक स्टाटस


    हुलाक प्रेस

    • आइतबार, चैत ३१ २०८११०:२२
    बालेनले हटाए 'माया' सम्बन्धी फेसबुक स्टाटस

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन् । उनले गएराति १० बजेतिर उक्त स्टाटस राखेका थिए ।

    उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन । उनले प्राय रातिको बेला नै अनेकखालका स्टाटस राख्ने गर्दछन् । यस्ता लेखाइमा उनले गाली र प्रशंसा दुवै पाउने गरेका छन् । ‘मेरो माया लाग्छ ?’ भनेर सोधिएको स्टाटसमा पनि मिश्रित प्रतिक्रियाहरु थिए ।

    उनको यो स्टाटस भाइरल भएको थियो । २ घण्टाको अवधिमै १ लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्टहरु थिए ।


    प्रतिक्रिया दिनुहोस