आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • स्काभेटर भीरबाट खस्दा चालकसहित दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, वैशाख १ २०८२१०:४२
    स्काभेटर भीरबाट खस्दा चालकसहित दुई जनाको मृत्यु

    काठमाडौँ । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 

    दुर्घटनामा चङ्खेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । 

    उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो । चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा  प्रदेश नम्बर २०३-००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

    चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि सडकबाट करिब सय मिटर तल खसेको हो ।

    घाइते भएका दुबै जनालाई उपचारका लागि श्रीमष्ठा प्राथमिक स्वास्थ्य चौकी पुर्‍याइएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । रासस


    प्रतिक्रिया दिनुहोस