काठमाडौँ । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन् ।
गोली लागेर देवानगन्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि बसेका शिवकुमारलाई देवानगन्ज-७ का कामेश्वर यादवले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
गोली प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल देवानगन्ज बजार पुग्नसाथ साँझ गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
शिवकुमारको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि विराटनगर ल्याइएको डीएसपी खतिवडाले जानकारी दिए ।