बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अबैध सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ


    हुलाक प्रेस

    • बुधबार, मंसिर २७ २०८००७:१५
    अबैध सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् ।

    एयर अरेबियाको उडानमा चढेर सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

    उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस