आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आन्दोलन निर्णायक मोडमा पुर्याउन देशभरका शिक्षकलाई काठमाडौँ आउन आह्वान


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३ २०८२०९:१४
    आन्दोलन निर्णायक मोडमा पुर्याउन देशभरका शिक्षकलाई काठमाडौँ आउन आह्वान

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । 

    शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको बताए । शिक्षकका मागमा राज्य यथावत् अनुदार देखिएको उनको आरोप छ । त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको उनले बताए । 

    “देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ,” उनी भन्छन्, “यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।”

    अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् । महासंघले चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ । महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । 

    महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस