आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • विमानस्थलमा युवकमाथि कुटपिट गर्ने तीनजना प्रहरीमाथि छानविन सुरु


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३ २०८२०४:२०
    विमानस्थलमा युवकमाथि कुटपिट गर्ने तीनजना प्रहरीमाथि छानविन सुरु

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने तीनजना प्रहरी कर्मचारी छानविनमा तानिएका छन् । 


    चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई प्रहरीले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि व्यापक विरोध भएको थियो । 

    लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादका क्रममा प्रहरीले विमानस्थलको आगमनकक्षाबाट ओझालाई नियन्त्रणमा लिएर कुटपिट गरेको उनले बताएका छन् । 

    सामाजिक सञ्जालमा ‘भाइरल’ भएको भिडियोका आधारमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षागार्डबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन थालिएको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए ।
     


    प्रतिक्रिया दिनुहोस