आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख ५ २०८२१०:०२
    मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु

    हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

    मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।


    प्रतिक्रिया दिनुहोस