आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख ५ २०८२१०:३१
    डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

    काठमाडौँ । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । 

    खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्कँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।

    अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ । 
     


    प्रतिक्रिया दिनुहोस