आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सञ्चारिका समूहको अध्यक्षमा पन्थी


    हुलाक प्रेस

    • शनिबार, वैशाख ६ २०८२१०:१८
    सञ्चारिका समूहको अध्यक्षमा पन्थी

    काठमाडौं । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छन् । 

    नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन् । 
     
    सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् । 
          
    सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए । रासस


    प्रतिक्रिया दिनुहोस