बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तीन नेताबीच छलफल : गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्नेमा समान मत


    हुलाक प्रेस

    • शनिबार, वैशाख ६ २०८२०७:३४
    तीन नेताबीच छलफल : गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्नेमा समान मत

    काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार (वैशाख ६) छलफल भएको छ ।

    विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका निम्ति उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको नेता अग्नि खरेलले जानकारी दिए ।

    शनिबार (वैशाख ६) बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन नेता छलफलमा जुटेका हुन् । “संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुुर्‍याउनेहरू प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ,” नेता खरेलले भने ।

    प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका हुन् । बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

    संक्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका निम्ति गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने कार्य पनि भएको खरेलले बताए ।


    प्रतिक्रिया दिनुहोस