आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राप्रपाले प्रर्दशन गर्ने भएपछि काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता


    हुलाक प्रेस

    • आइतबार, वैशाख ७ २०८२११:४१
    राप्रपाले प्रर्दशन गर्ने भएपछि काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रर्दशन गर्ने भएपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । 

    राप्रपा नेताले निषेधित क्षेत्र तोड्ने चेतावनीसहित प्रदर्शन गर्न लागेपछि प्रशासनले तोकेको काठमाडौंका निषेधित क्षेत्रमा प्रहरीको संख्या बढाएको हो । 

    माइतीघर, नयाँ बानेश्यर, राष्ट्रपति भवन र सिंहदरबारलगायत क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । माइतीघर–तीनकुने सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ ।
     
    प्रहरी प्रधान कार्यालयसहित विभिन्न गणमा कार्यरतलाई समेत आन्दोलनमा सुरक्षाका निम्ति खटाइएको छ । 


  • सम्बन्धित विषय:

  • # #raprapapradarsan
  • प्रतिक्रिया दिनुहोस