काठमाडौँ । सिंहदरबारभित्र नाराबाजी र प्रर्दशन गरेपछि पक्राउ परेका राप्रपाका तीन नेतालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेपछि पक्राउ परेका थिए ।
लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए ।
प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ भने राप्रपाका नेताहरुले प्रहरीले गलत काम गरेको भन्दै त्यस कदमका विरोध गरेका छन् ।